Skip to content

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

nabil bank

काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नाडाको यही पुस २५ गते हुने निर्वाचनमा लागि उम्मेदवारी दिने अन्तिम समय आज (बिहीबार) मध्याह्न १२ बजेसम्म अन्य कुनै व्यक्तिको उम्मेदवारी नपरे पछि उप्रेती निर्विरोध भएका हुन् ।

उनी नाडाको वर्तमान कार्यसमितिमा महासचिव थिए । उनी यसअघि नाडाको कोषध्यक्ष बनेका थिए । त्यस्तै, लुब्रिकेन्ट कमिटी, वातावरण समितिमा पनि सदस्य बनेका थिए । नाडाको ४९ औं वार्षिक साधरण सभा भने गत पुस ९ सम्पनन भइसकेको छ ।

नाडाले निर्वाचन कार्यतालिका बिनै साधरणसभा बोलाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन नगर्न निर्देशन दिएको थियो । सो आदेशको पालाना गर्दै नाडाले पुस २५ गते निर्वाचन गर्ने निर्णय गरेको थियो । यद्यपि, सबै कार्यसमिति पदाधिकारी सर्वसहमतिमै चयन गर्ने प्रयास भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life