Skip to content

बैंक तथा वित्तीय संस्थाको बचत र कर्जामा बागमती प्रदेश अगाडि, अन्यको हिस्सा कति ?

काठमाडौं । बैंंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेश सबैभन्दा अगाडी रहेृको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६५.८ प्रतिशत र कुल कर्जा प्रवाहमा ५९.५ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ सम्ममा बैंक तथा वित्तीय संस्थाले कुल ७२ खर्ब ९५ अर्ब ६९ लाख ३० हजार बराबर निक्षेप संकलन गर्दा बागमती प्रदेशबाट ४७ खर्ब ९७ अर्ब ५९ करोड ८७ लाख बराबर निक्षेप संकलन गरेका छन् ।

यस्तै, कोशीबाट पाँच खर्ब ५३ अर्ब ३ करोड ७९ लाख, मधेस प्रदेशबाट ४ खर्ब सात अर्ब ७३ करोड ७२ लाख, गण्डकीबाट ६ खर्ब १२ अर्ब २९ करोड ५७ लाख, कर्णालीबाट ९१ अर्ब नौ करोड र सुदूरपश्चिमबाट रु एक खर्ब ७३ अर्ब ८३ करोड बराबर निक्षेप सङ्कलन भएको छ ।

यस्तै, गत असार मसान्तसम्म कुल ५५ खर्ब ८६ अर्ब २९ करोड २२ लाख बराबरको कर्जा प्रवाह हुँदा बागमती प्रदेशबाट मात्र ३३ खर्ब २३ अर्ब ३१ करोड ६१ लाख बराबर ऋण लगानी भएको छ । कोशी प्रदेशबाट छ खर्ब १३ अर्ब ३८ करोड ९६ लाख, मधेस प्रदेशबाट चार खर्ब ९५ अर्ब ८६ करोड, गण्डकीबाट तीन खर्ब ५६ अर्ब ९२ करोड ५७ लाख, लुम्बिनीबाट पाँच खर्ब ७७ अर्ब २७ करोड ६१ लाख, कर्णालीबाट ६२ अर्ब १२ करोड र सुदूरपश्चिमबाट एक खर्ब ५७ अर्ब ४० करोड ४१ लाख बराबर कर्जा प्रवाह भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi