Skip to content

आईएमई लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहीबार कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।

कम्पनीको साधारण सभा काठमाडौंको धुमवाराही स्थित दियो महलमा सम्पन्न भएको छ । कम्पनीको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकताृलाई वितरण गर्न लागेको लाभांस पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१÷०८२ को वितरण योग्य मुनाफाबाट चुक्ता पूँजी को १०.५२६३२ प्रतिशतका दरले हुने रकम ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरको थियो।

यसैगरी, साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१र०८२ को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१÷०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण पारित गरेको छ । वित्तिय विवरण सगै उक्त सभाले आव २०८२÷०८३ को लागि कम्पनीको वाह्य लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

विशेष प्रस्ताव अन्तर्गत सभाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरको छ । सभाले आर्थिक वर्ष २०८१÷०८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्चहरु अनुमोदन गरेको छ ।

सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले सभामा बोल्दै कम्पनीको उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्नुहुने आदरणीय सेयरधनी महानुभावहरु, सञ्चालक समितिका सदस्यहरु, कम्पनी प्रति बिश्वास व्यक्त गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima