Skip to content

सरकारको ढुकुटीमा ३२०१ अर्ब सञ्चिति, २२ महिनाको आयात धान्न सक्ने

काठमाडौं । रेमिट्यान्स बढ्दा विदेशी मुद्रा सञ्चिति मजबुत बनेको छ। चालु आर्थिक वर्ष २०८२÷८३ को पाँच महिनामै नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेर ३२०१ अर्ब ४७ करोड रुपैयाँ पुगेको हाे । सरकारसँग रहेको उक्त सञ्चितिले करिब २२ महिनासम्म वस्तु आयात धान्न सक्ने क्षमता देखाएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ मङ्सिर मसान्तसम्म आइपुग्दा १९.६ प्रतिशतले वृद्धि भएको हो।

अमेरिकी डलरमा गणना गर्दा विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड अमेरिकी डलर पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति सबैभन्दा ठूलो हिस्सा रहेको छ। राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तको २४१४ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २०८२ मङ्सिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई २८६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ। असार मसान्तमा २६३ अर्ब ४ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति मङ्सिर मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई ३३५ अर्ब रुपैयाँ पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ।

आयात धान्न पर्याप्त सञ्चिति

सञ्चिति पर्याप्तता सूचकले नेपालको विदेशी मुद्रा अवस्था सुरक्षित देखाएको छ। आर्थिक वर्ष २०८२÷८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात तथा १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ।

त्यसैगरी, २०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५२.४ प्रतिशत, कुल आयातसँगको अनुपात १५१.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३९।४ प्रतिशत पुगेको छ। अघिल्लो असार मसान्तमा यी अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima