Skip to content

३५ दिनभित्र कर्जा चुक्ता नगरे कालिका राइस मिलसहित १२ कम्पनीको धितो लिलाम गर्दै वाणिज्य बैंक 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले समयमै कर्जा चुक्ता नगर्ने १२ वटा कम्पनीलाई ३५ दिने अन्तिम सूचना जारी गरेको छ । सूचना अवधिभित्र कर्जा चुक्ता नगरे बैंकले १२ कम्पनी तथा फर्मको धितो लिलामी प्रक्रियामा लग्ने तयारी गरेको हो ।
बैंकका अनुसार विभिन्न शाखाबाट कर्जा लिएका यी कम्पनीहरूसँग पटक–पटक सम्पर्क र ताकेता गर्दा पनि कर्जा नियमित नभएपछि सार्वजनिक सूचनामार्फत अन्तिम मौका दिइएको हो ।
यसरी कर्जा लिएर समयमा नतिर्ने कम्पनीहरु नवलपरासीको कावासोतीस्थितको कालिका राइस मिल, हुप्सेकोट गाउँपालिकामा सञ्चालित कालिका एग्रो भिलेज हुप्सेकोट प्रालि तथा देवचुली नगरपालिकास्थित मञ्जु हार्डवेयर सप्लायर्स रहेका छन् । यस्तै रामेछाप नगरपालिकामा रहेको शंकर मेटल ग्रिल वर्कशप, म्याग्दीको बेनी क्षेत्रमा सञ्चालित एसएनएस ग्लास हाउस र विकास निर्माण सेवा रहेका छन् ।
यसैगरी, कालिकोटको मान्म नगरपालिकामा रहेको बिवेक जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्स, धनकुटाको हिलेमा सञ्चालित राज साउन्ड एण्ड भिजन तथा तनहुँको आँबुखैरेनीस्थित न्यु एकसे डेकोरेशन हाउसले समेत समयमै कर्जा चुक्ता नगरेको बैंकले जनाएको छ ।
त्यसैगरी धादिङको थाक्रे गाउँपालिकामा रहेको काजी थापा निर्माण सेवा एण्ड कन्स्ट्रक्सन सप्लायर्स प्रालि, सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित जानकी कृषि तथा पशुपक्षी फर्म र कास्कीको पोखरा महानगरपालिकामा सञ्चालित भुजेल कृषि तथा भेडा–बाख्रा फर्मले पनि समयमा कर्जा नतिरेको बैंकले जनाएको छ ।
बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित शाखामा सम्पर्क गरी कर्जा चुक्ता वा नियमित गर्न आग्रह गरेको छ । तोकिएको अवधिभित्र कर्जा व्यवस्थापन नभए यसै सूचनालाई अन्तिम चेतावनी मानी कम्पनी र सञ्चालकको नाम कालोसूचीमा समावेश गरिने तथा धितो लिलामी प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi