Skip to content

कुमारी बैंक लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न

nabil bank

काठमाडौं । कुमारी बैंक लिमिटेडको २५औँ वार्षिक साधारण सभा २०८२ साल पुस ३० गते बुधबार काठमाडौँको थिरबम सडक, टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१र८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित सोही आर्थिक वर्षको आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू पारित गरेको छ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आइरहेको छ।

बैंकले अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रवाहका लागि सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi