Skip to content

देउवा पक्षलाई विश्वप्रकाशको प्रश्न: सहमतिका लागि प्रस्तावित ८ मध्ये कुन बुँदा देश र काँग्रेसको अहितमा थियो?

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश पौडेलले पार्टीभित्र सहमतिका लागि प्रस्तावित आठ बुँदमध्ये कुन बुँदा देश र काँग्रेसको अहितमा थियो भन्दै सभापति शेरबहादुर देउवा पक्षलाई प्रश्न गरेका छन्।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि आज बिहान सहमतिका उद्देश्यले आठ बुँदे प्रस्ताव अघि सारिएको थियो। प्रस्तावमा विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, परिमार्जनसहित पारित प्रस्ताव कार्यान्वयन गर्ने, सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने तथा सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने व्यवस्था गर्ने विषय समेटिएको थियो।
त्यस्तै, उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने, आगामी निर्वाचनमा काँग्रेस एकढिक्का भएर मैदानमा जाने, कुनै पनि दलसँग गठबन्धन नगरी काँग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने, काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने र यी सबै निर्णयको समन्वय तथा कार्यान्वयनका लागि पाँच सदस्यीय संरचना गठन गर्ने प्रस्ताव पनि समावेश थिए।
प्रस्ताव 
१. विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने 
२. विशेष महाधिवेशन परिमार्जन सहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने 
३. सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने 
४. उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने 
५. आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६. कुनैपनी दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने 
७. नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने 
८. यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने । जसमा –कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi