Skip to content

बढ्यो चिसोः काठमाडौंको तापक्रम २.३ डिग्री, केही जिल्लामा माइनस 

काठमाडौं । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गएको पुस २५ गते न्यूनतम तापक्रम २.४ मा झरेर थोरै उकालो लागि ३ डिग्रीसम्म पुगेको तापक्रम आज फेरि झरेर न्यूनतम तापक्रम २.३ डिग्रीमा आइपुगेको छ । आजको उक्त रेकर्ड काठमाडौँका लागि यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।
विभागमा आज साँझसम्म रेकर्ड भएको तापक्रमको विवरणअनुसार पुसको दोस्रो हप्ताबाट क्रमशः घटिरहेको तापक्रम आज थप घट्न पुगेको छ । जसका कारण दिउँसो घाम लाग्दा केही न्यानो महसुस भए पनि बिहान बेलुका अत्यधिक चिसो बढेको छ । वातावरण प्रदूषणले थप चिसो गराएको मौसमविद्ले बताएका छन् । चन्द्रागिरि तथा काठमाडौँका बढी चिसो हुने क्षेत्रमा तुसारो परेर बिहान जमिन सेताम्मे हुने गरेको छ ।
विभागको अभिलेखअनुसार गएको पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्रीमा झरेको थियो ।
पुस १७ गते तापक्रम घटेर ४ दशमलव ६ मा आएकामा १९ गते ४ दशमलव ५ डिग्रीमा झरेको हो । यस्तै पुस २३, २४ मा ३ डिग्रीमा झरेको तापक्रम २५ मा २ दशमलव ४ मा झरेको छ । आज भने २ दशमलव ३ मा आइपुगेको छ ।
विभागका अनुसार आज दिपायलमा २ दशमलव २, जुम्लामा माइनस ५ दशमलव ९, जोमसोममा १ दशमलव ५, दोलखाको जिरीमा माइनस १ दशमलव ६ ताप्लेजुङमा ४ दशमलव ४, सिमरामा ५ दशमलव ९ डिग्री रहेको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिनुभयो । जसका कारण कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
देशका तराई भूभागमा बिहानपख लाग्ने हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभावपर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi