Skip to content

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् ।

बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो। व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रुपमा जिम्मेवारी वहन गर्दै आएका छन् ।

समाज सेवामा पनि रुचि राख्ने उनी चौधरी फाउण्डेशनको उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima