Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

साधारणसभाले बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ०९ लाख ७१ हजार ३०२.५५ रूपैयाँको ३.६५१६ प्रतिशत १२ करोड ५२ लाख ८४ हजार ४१७ रूपैयाँ बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम ६५ लाख ९३ हजार ९१७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९.५५ रुपैयाँ पुगेको छ ।

साधारण सभाले आव ०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi