काठमाडौं । बुधबार सेयर बजार सामान्य सुधार देखिएको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक १.५२ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ। यस दिन फ्लोट इण्डेक्स स्थिर रहेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ।
बुधबार सेयर बजार सामान्य बढेको भएता पनि कारोबार रकम भने घटेको छ । मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा य६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ । बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशत बढेको हो।
आज कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा यस दिन राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्