Skip to content

राष्ट्रिय तथ्यांक कार्यालयले सुपरिवेक्षक र गणक गरी साढे चार हजार कर्मचारी माग्यो

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चार हजार ४३९ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। कार्यालयले बिहीबार विज्ञापन प्रकाशन गर्दै करार सेवाका लागि ५२६ जना सुपरिवेक्षक र तीन हजार ९१३ जना गणक गरी कुल चार हजार ४३९ जना कर्मचारी माग गरेको हो।

सुपरिवेक्षकको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने गणकले १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। करार अवधि साढे २ महिना तोकिएको छ भने सुपरिवेक्षकको तलब स्केल ३४ हजार ७३० रूपैयाँ र गणकको तलब ३२ हजार ९०२ रूपैयाँ तोकिएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ २१ गतेसम्म दरखास्त दिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima