Skip to content

देश निर्वाचनमय हुँदा म उत्साहित हुन सकिनः रबि लामिछाने

काठमाडौं। देशभर प्रतिनिधिसभा उपनिर्वाचनका लागि मनोनयन दर्ता भइरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने भने पूर्ण रूपमा उत्साहित हुन नसकेको बताएका छन्।

लामिछानेका अनुसार सोमबार पर्सा, काठमाडौं र रुपन्देहीका अदालतहरूमा एकैसाथ आफ्नो मुद्दाको सुनुवाइ चलिरहेका कारण उनी निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सकेका छैनन्। पर्सा जिल्ला अदालतबाट बाहिरिँदै उनले चितवन–२ मा आफ्ना शुभेच्छुकहरू आफूलाई कुरिरहेको जानकारी दिँदै, स्वयं उपस्थित हुन नसकेको कारण वारेसमार्फत उम्मेदारी दर्ता गरेका छन् ।

आफूमाथि अन्याय र अत्याचार भएको दाबी गर्दै लामिछानेले यसको मूल्याङ्कन नेपाली जनताले फागुन २१ गते मतमार्फत गर्ने बताएका छन्। उनले आफूमाथि प्रमाणविहीन आरोप लगाइएको र सहकारीसँग कुनै सम्बन्ध नभएको व्यक्तिमाथि मुद्दा लगाइएको आरोपसमेत लगाएका छन्।

उनले आफूमाथि गरिएको व्यवहारलाई इतिहासले हेर्दै र लेख्दै गएको दाबी गर्दै, आफूले प्रतिशोध बिना नै सबै ‘गुण’ तिर्ने बताएका छन्। अन्त्यमा उनले आफू ‘अभिमन्यु होइन’ भन्दै संघर्षबाट पछि नहट्ने संकेत दिएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi