Skip to content

उद्योगी विनोद चौधरीले नवलपरासी-१ बाट गरे उम्मेदवारी दर्ता, भने–आर्थिक रुपान्तरणको पक्षमा छु

काठमाडौं । आज उम्मेदवारी दर्ता गर्दै चौधरीले आफु राजनीतिक परिवर्तनको पक्षमा रहेको बताएका छन् ।

‘आर्थिक रुपान्तरणको पक्षमा छु । र, जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु । म यहाँबाट निर्वाचित भएको ३ बर्षमा समृद्ध नवलपरासीका लागि फाउण्डेसन तयार भएको छ’ उनले भने ‘हामी सबैले प्रत्यक्ष देख्न सक्ने गरि नवलपरासी पश्चिमको विकास अभियान अगाडि बढेको छ।’

उनले यस अभियानलाई पूर्णता दिन आवश्यक रहेको बताए । ‘त्यसकै लागि मैले नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारी दर्ता गरेको छु । यहाँहरुको शुभेच्छा, साथ र सहयोगका लागि सधै आभारी रहनेछु ।’

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T