Skip to content

एमाले छोडेर बालेन जिताउन गएका गैरेः पुन एमालेमा फर्किए

काठमाडौं । एमाले छोडेर बालेन जिताउन गएका नेकपा एमाले युवा संघ दमक नगर कमिटिका सचिव कमल गैरे पुनः एमालेमा नै फर्केका छन् ।

गैरे एमाले छोडेर बालेनतिर लागेको २४ घन्टा बित्न नपाउँदै पुनः एमालेमा फर्किएका हुन् ।

उनले सामाजिक सन्जाल फेसबुक मार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्विर सार्वजनिक गर्दै एमालेमा नै फर्किएको जानकारी गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘म कमलप्रसाद गैरे विद्यार्थी जीवनदेखि नै नेकपा एमालेको जनसंगठन अनेरास्ववियुहुँदै राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटी को सदस्य, उपसचिव सचिवको भूमिका निर्वाह गरि पार्टीको संगठित सदस्य रहेर विगत लामो समयदेखि पार्टीका विभिन्न गतिविधिहरुमा इमान्दारीपूर्वक संलग्न हुँदै आएको छु । हिजो केही व्यक्तिहरूको ‌दबाब र प्रभावमा परी सामाजिक सञ्जाल मार्फत पार्टी छोडेको भनेर लेखेता पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजो गरेका गल्तीलाई सच्चाई ‌समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा नै हिजो पनि यही थिए आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। साथै दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रकै विकासका लागि राष्ट्रनायक केपी ओली नै भएको हुनाले केपी ओलीलाई जिताउनका लागि म यथाववत रुपमा यही पार्टी तथा संगठनमा रहि यो अभियानलाई पुरा गर्ने संकल्प सहित प्रतिबद्ध रहेको सम्पूर्णमा जानकारी गराउन चाहान्छु।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi