Skip to content

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत, ३ खर्बको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको छ महिनासम्म निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको छ । यो अवधिमा बैंकको नाफा एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।

“हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ”, उनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए ।

कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै उनले भने, “बैंकको पुँजीको आधार सुदृढ बनाउन तीन खर्ब बराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको छ । बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा एक खर्ब ३९ अर्बको लगानीयोग्य रकम देखिएतापनि पुँजी पर्याप्ताका आधारमा थप १८ अर्ब मात्र कर्जा प्रवाह गर्ने अवस्था छ ।”

बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । चुक्ता पुँजी १५ अर्ब ६३ करोड भएको बैंकले निक्षेप पाँच खर्ब ५३ अर्ब सङ्कलन गरेर १९ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi