Skip to content

बालबालिकालाई चुनावी प्रचारमा संलग्न गराएको आरोपमा हर्क साम्पाङविरुद्ध उजुरी

काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले निर्वाचन प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको आरोपमा उजुरी दर्ता भएको हो।

धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयमा छुट्टाछुट्टै उजुरी दिएको छ । सञ्जालका अनुसार बालबालिका ऐन, २०७५ को परिच्छेद २ अन्तर्गत दफा ७ को उपदफा ९९७० ले बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरेको छ।

उक्त कानुनी व्यवस्थाविपरीत उम्मेदवारले बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग गरेको दाबी उजुरीमा गरिएको छ। उजुरीकर्ताले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा बोलाई यस विषयमा छलफल गर्न, साथै निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima