Skip to content

नोक्सानमा गएको सिन्धु विकास बैंकको वित्तीय स्थिती खस्कदै, दक्ष तथा प्रतिस्पर्धी कर्मचारीको अभावले संचालन जोखिम बढ्ने

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्ममा सिन्धु विकास बैंकको वित्तीय स्थिती खस्कदो देखिएको छ । बैंकले पुस मसान्तसम्म प्रकाशित गरेको विवरण अनुसार १ करोड ५४ लाख ६८ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफामा ४ करोड ८७ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको नाफामा निकै गिरावट आएको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेको छ । यस्तै बैंकको सञ्चालन नाफा पनि ऋणात्मक रहेको छ ।

बैंकको सञ्चालक नाफा ऋणात्मक बन्दा, इम्पेरमेन्ट चार्ज बढेका कारण बैंक नोक्सानी बढेको छ । चालु आवको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ५ करोड ६६ लाख ९८ हजार रुपैयाँबाट बढेर ५ करोड ८८ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

गत आवको पु्स मसान्तमा बैंकको सञ्चालन नाफा ६ करोड ९५ लाख ७७ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा १ करोड ५५ लाख १८ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

गत आवको पुस मसान्तसम्म बैंकको इम्पेरमेन्ट चार्ज ८ करोड ६२ लाख ३१ हजार रुपैयाँ रिभर्स भएको थियो । चालु आवको सोही अवधिमा १७ लाख ८८ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा २२ करोड ८५ लाख ८२ हजार रुपैयाँ ऋणात्मक छ ।

पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा छ । ५५ करोड ७४ लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ करोड ९६ लाख १८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

५ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब २५ करोड ६३ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रभावले आर्थिक र राजनैतिक क्षेत्रमा देखिएको अन्यौलताले निम्त्याएको चुनौतीहरु, देशको अर्थतन्त्रमा देखिएको शिथिलताको कारणले कर्जाको मागमा भएको कमीको कारणले समग्र बैकिंग व्यवसायमा असर परेको बैंकले जनाएको छ ।

ठुला बैक तथा वित्तीय संस्थाको न्युन कोष लागतको कारणले कर्जा प्रवाहमा चर्को प्रतिस्पर्धा, उत्पादनशील क्षेत्र तथा प्राथमिकता प्राप्त क्षेत्रमा ठोस रुपमा हुन नसकेको लगानी वृद्धिका कारण देशको अर्थतन्त्रमा पर्न सक्ने दुरगामी असर, दक्ष तथा प्रतिस्पर्धी कर्मचारीहरुको अभाववाट हुनसक्ने संचालन लगायतका जोखिमहरु, संचालन तथा जोखिम न्यूनिकरणका लागि लागत खर्चमा भएको वृद्धि, बैंकिङ क्षेत्रको बढ्दो प्रतिस्पर्धा आदिका कारण मार्जिन दर खुम्चिन गई मूनाफामा असर परेको बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima