Skip to content

अर्थतन्त्रमा सकारात्मक संकेतः चालु खाता र शोधनान्तर दुबै बचतमा

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको बाह्य आर्थिक अवस्था सुदृढ बन्दै गएको देखिएको छ। चालु खाता र शोधनान्तर स्थिति दुवै उल्लेख्य रूपमा बचतमा रहँदा अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा चालु खाता र ४२९ अर्ब ९१ करोड रुपैयाँले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १६५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २३ करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ३ करोड डलरले बचतमा पुगेको छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ रहेको थियो। यसैगरी, समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब १७ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६ अर्ब ४८ करोड रुपैयाँको तुलनामा वृद्धि हो।

यस अवधिमा देशको शोधनान्तर स्थिति पनि उल्लेख्य रूपमा सुधार भएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ५०१ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड डलर बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ५४ करोड डलरले बचतमा पुगेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi