Skip to content

सेबोनले दियो कालिञ्चोक हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीकाे आईपीओ निष्कासनकाे लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति प्राप्त गरेको हाे।

बोर्डले २०८२ साल माघ १९ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि आवश्यक विवरण पत्र प्रकाशन गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो। बोर्डको स्वीकृति अनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

यस माध्यमबाट कम्पनीले कुल १३ करोड ७५ लाख रुपैयाँ बराबरको पुँजी बजारबाट सङ्कलन गर्ने लक्ष्य राखेको छ। बोर्डले विवरण पत्रका लागि स्वीकृति दिएसँगै अब कम्पनीले निष्कासन मिति तोकी सार्वजनिक सूचना आह्वान गर्ने बाटो खुलेको छ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले गर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T