Skip to content

दन्तमञ्जनसहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक, कडा नियमन गर्न संघको माग

nabil
global ime
काठमाडौं । नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (दुथपेष्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न माग गरेको छ ।
संघका महासचिव डा सञ्जिव तिवारीले जारी गरेको विज्ञप्तिमा दैनिक प्रयोगमा आउने टुथपेष्टलगायत मुख तथा दन्त सरसफाइका सामग्रीसहित अन्य विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) को मात्रा पाइएको भन्दै कडा अनुगमनको माग गरेको हो ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सेफेड)ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देशका विभिन्न सहरमा गरेको पसलको नमूना सङ्कलन गरी परीक्षण गरिएकाामा ३१ प्रतिशत सङ्कलिन नमूनामा स्वीकृत अन्तरराष्ट्रिय  मापदण्डभन्दा बढी सिसा भेटिनु गम्भीर विषय रहेको सङ्घले जनाएको छ । दैनिक प्रयोग हुने दन्तमन्जनका ४५ प्रतिशत नमूना र बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्रीमा सिसा भेटिएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घले बालबालिकासहित आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पु¥याउने यस्ता सामग्रीको गुणस्तर मापन गरी कडा निगमन गर्न सरकारसँग माग गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठन लगायतका स्वास्थ्य सङ्घ सम्बन्धित निकायले सिसा मानिसको स्वास्थ्यका लागि अन्यन्त हानिकारक रहेको तथ्य प्रमाणित गरेका छन् ।  विज्ञप्तिमा बालबालिकामा सिसाको असरले बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यावहारिक समस्या देखिनुका साथै दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा गम्भीर नकारात्मक प्रभाव पार्ने वैज्ञानिक प्रमाणित तथ्य रहेको पाइएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T