Skip to content

सिटिजन लाइफले ६ महीनामा कमायो २३ करोड नाफा, अन्य सूचक पनि सकारात्मक

nabil bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ।

चालू आवको पुस मसान्तसम्म कम्पनीको खुद नाफा ०.२४ प्रतिशतले बढेर २३ करोड १५ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ३५.३९ प्रतिशतले वृद्धि भई २ अर्ब २८ करोड १७ लाख रुपैयाँ पुगेको छ भने खुद आर्जित बीमा शुल्क २२.२३ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा लगानीबाट हुने आम्दानी ६.६६ प्रतिशतले बढेर १ अर्ब १ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको कुल आम्दानी १८.९५ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २०.०५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७५ करोड २० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कमिसन खर्च १९.५० प्रतिशतले बढेर ३८ करोड ६ लाख रुपैयाँ पुगेको छ।

यता, विपद् कोष १०.०५ प्रतिशतले बढेर २५ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने कायम नाफा भने ६९.०१ प्रतिशतले घटेर ३५ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीले ८ लाख ४६ हजार ४२३ वटा बीमालेख कायम गरेको छ।

प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७३ पैसाबाट घटेर ९ रुपैयाँ २६ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ५२ पैसा रहेको छ। कम्पनीको चुक्ता पुँजी भने ५० करोड रुपैयाँमै स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi