Skip to content

बीमा सेवामा हुलाक टिकट टाँस्नु पर्ने व्यवस्था हट्यो

काठमाडौं । अब बीमा सेवासम्बन्धी कागजातमा हुलाक टिकट टाँस्नुपर्ने पुरानो व्यवस्था हटाइएको छ। नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनी, ब्रोकर तथा मध्यस्थकर्तालाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था हटाउनको लागि निर्देशन दिएको हो।

प्राधिकरणका अनुसार मन्त्रिपरिषद्ले गत मंसिर २९ गते गरेको निर्णयअनुसार कानुनले अनिवार्य गरेको बाहेक सेवा प्रवाहका क्रममा कागजातलाई आधिकारिक बनाउन आय टिकटका रूपमा हुलाक टिकट प्रयोग गर्ने व्यवस्था हटाउने निर्णय गरिएको थियो। सोही निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको जनाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima