Skip to content

सेयर कारोबार र विदेशी मुद्राबाट हुने बैंकको आम्दानी ३४.३५ प्रतिशतले बढ्यो, कृषिको ऋणात्मक

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सञ्चालनमा रहेका वाणिज्य बैैंकले ५ अर्ब २० करोड ८८ लाख ३ हजार रुपैयाँ नेट ट्रेडिङ इनकम गरेका छन् ।

यो इनकम गत आवको सोही अवधिको तुलनामा ३४.३६ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकहरुको यस्तो आम्दानी ३ अर्ब ८७ करोड ६८ लाख ४२ हजार रुपैयाँ रहेको थियो । सेयर बजारमा उचार चढाबकाबीच आएको सामान्य सुधार र डलरको मूल्य बढ्दा त्यसको लाभ बैंकहरुले लिएका छन् ।

पछिल्लो समय डलरको मूल्य निरन्तर बढिरहेको छ । त्यसले गर्दा बैंकहरुको विदेशी मुद्राको कारोबारबाट हुने नाफा बढेको छ । बैंकहरुको नेट ट्रेडिङ इनकममा सेयर कारोबार र विदेशी मुद्राको कारोबारबाट हुने आम्दानी यसमा गणना गर्ने गरेका छन् ।

सञ्चालनमा रहेका वाणिज्य बैंकमा सबैभन्दा बढी नेट ट्रेडिङ इनकम ग्लोबल आइएमई बैंकको रहेको छ । बैंकको यस्तो इनमक ४६.७ प्रतिशतले बढेर ५५ करोड २४ लाख ८८ हजार रहेको छ । यस्तै नबिल बैंकको ३५.५१ प्रतिशतले बढेर ४६ करोड ४३ लाख १९ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३८.४२ प्रतिशतले बढेर ४४ करोड २४ लाख ९८ हजार, लक्ष्मी सनराज बैंकको १२९.७ प्रतिशतले बढेर ४० करोड ३८ लाख १० हजार रुपैयाँ रहेको छ ।

यस्तै हिमालयन बैंकको यस्तो आम्दानी ३९.५९ प्रतिशतले बढेर ३७ करोड ३० लाख ३८ हजार, स्टयान्डर्ड चार्टर्ड बैंकको १२.२२ प्रतिशतले बढेर ३७ करोड १ लाख ८५ हजार, सानिमा बैंकको १०.२७ प्रतिशतले बढेर ३२ करोड ७६ लाख १६ हजार, कुमारी बैंकको ११०.२ प्रतिशतले बढेर ३१ करोड ३१ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

यस्तै प्रभु बैंकको १०.८५ प्रतिशतले बढेर ३० करोड ११ लाख ५४ हजार, एभरेष्ट बैंकको २९.९२ प्रतिशतले बढेर २७ करोड ६९ लाख ४१ हजार, एनएमबि बैंकको ३७.८८ प्रतिशतले बढेर २४ करोड ७६ लाख ६ हजार, सिटिजन्स बैंकको ७७.९५ प्रतिशतले बढेर २३ करोड १४ लाख ५ हजार रुपैयाँ रहेको छ ।

यस्तै सिद्धार्थ बैंकको १६३.८ प्रतिशतले बढेर १९ करोड ८४ लाख ४ हजार, माछापुच्छ्रे बैंकको १६.९८ प्रतिशतले बढेर १७ करोड ३५ लाख ९५ हजार, प्राइम बैंकको ८१.७ प्रतिशतले बढेर १६ करोड ८३ लाख ५ हजार, नेपाल एसबिआई बैंकको २८.२७ प्रतिशतले बढेर १४ करोड २७ लाख ५४ हजार, एनआईसी एशिया बैंकको ९२.५५ प्रतिशतले बढेर ११ करोड ४० लाख ६६ हजार, नेपाल बैंकको ४५.३६ प्रतिशतले बढेर ११ करोड ३७ लाख ५२ हजार, राष्ट्रिय वाणिज्य बैंकको १७४.७ प्रतिशतले बढेर ११ करोड २० लाख ५८ हजार रुपैयाँ रहेको छ । यस्तै कृषि विकास बैंकको भने ११ करोड ८३ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi