Skip to content

ज्योति विकास बैंकले माग्यो ५० जना कर्मचारी, कसले दिन पाउँछन् आवेदन ?

nabil bank

काठमाडौं । ज्योति विकास बैंकले ५० जना नयाँ कर्मचारी भर्ना खुलाएको छ। बैंकले जुनियर ट्रेनी असिस्टेन्ट पदका लागि इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

बैंकले जारी गरेको सूचनाअनुसार आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा द्वितीय श्रेणीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै उम्मेदवारको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। फ्रेस ग्राजुएटहरूले समेत यस पदमा आवेदन दिन सक्नेछन्।

छनोट प्रक्रिया लिखित परीक्षा र अन्तिम अन्तर्वार्तामार्फत गरिने बैंकले जनाएको छ। छनोटमा सफल उम्मेदवारहरूलाई बैंकका विभिन्न शाखा तथा विभागमा तालिमसहित खटाइनेछ। तालिम सफलतापूर्वक सम्पन्न गरेपछि बैंकको आवश्यकता अनुसार देशभरका विभिन्न स्थानमा पदस्थापन गरिनेछ।

इच्छुक उम्मेदवारहरूले माघ १३ भित्र मेरोजब डटकममा गएर अनलाइन आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi