Skip to content

नेशनल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

nabil bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म

२८ करोड ६८ लाख ३१ हजार नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २.७६ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले २७ करोड ९१ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीले १० अर्ब ७३ करोड ७१ लाख २१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै ११ अर्ब ७१ करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीको कर्जा लगानीबाट हुने आम्दानी २ अर्ब ८७ करोड ८७ लाख २९ हजार रहेको छ । यस्तै कुल आम्दानी १४ अर्ब ३२ करोड १ लाख ४ हजार रहेको छ भने कुल खर्च १३ अर्ब ६३ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ९७ अर्ब ५६ करोड २६ लाख ४ हजार रहेको छ । गत आवकोे सोही अवधिमा ७७ अर्ब ९५ करोड ८ लाख ६ हजार रहेको थियो ।

कम्पनीको महाविपत्ती कोषमा ७३ करोड ७१ लाख ६२ हजार रुपैयाँ रहेको छ । ५ अर्ब ६९ करोड १४ लाख ४९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १०.२८ रुपैयाँ रहेको छ भने नेटवर्थ १२७.६४ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi