Skip to content

शिखर इन्स्योरेन्सको पुस मसान्तसम्मको वित्तीय अवस्था कस्तो छ ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले पुस मसान्तसम्म ७८ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको ६३ करोड ७६ लाख रुपैयाँको तुलनामा २२.४१ प्रतिशतले बढी हो।

व्यवसाय विस्तार भए पनि भदौ महिनामा भएको जेन जी आन्दोलन र असोजमा आएको बाढी–पहिरोका कारण ठूलो परिमाणमा बीमा दाबी परेपछि कम्पनी नाफामा जान सकेन। गत आवको पुस मसान्तसम्म २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालू आवको सोही अवधिमा ४ करोड ४७ लाख रुपैयाँ खुद घाटामा पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५.७१ प्रतिशतले बढेर १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ६२.१५ प्रतिशतले बढेर १ अर्ब २९ करोड ९३ लाख रुपैयाँ नाघेको छ। अभिकर्तालाई दिइने कमिशन पनि २ करोड ६८ लाख रुपैयाँबाट बढेर ३ करोड २२ लाख रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी १९.३९ रुपैयाँबाट घटेर ३.०६ रुपैयाँ ऋणात्मक भएको छ। यद्यपि सोल्भेन्सी अनुपात ३.६७ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९६.६४ रुपैयाँ कायम छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। स्पेशल रिजर्भमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ बराबरको लगानी गरेको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima