Skip to content

सर्लाही–४ लाई मधेसकै नमुना क्षेत्र बनाउने सभापति थापाको लक्ष्य

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नं ४ को विकासका काम गर्ने बताएका छन् ।

घरदैलो अभियानअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदातासँग भेटघाटका क्रममा उहाँले स्थानीय जनताको आवश्यकता सम्बोधनका लागि विज्ञहरूको सुझावका आधारमा काम गर्ने बताएका हुन।

आज यहाँको बरहथवा नगरपालिका, बसबरिया गाउँपालिकाअन्तर्गत क्षेत्र नं ४ मा पर्ने वडाका मतदातासँग भेटघाटका क्रममा उनले आफ्नो निर्वाचन क्षेत्रलाई उत्कृष्ट बनाउने गरी आफूले काम गर्ने बताए। ‘आगामी पाँच वर्षभित्रमा मधेसमा रहेका ३२ निर्वाचन क्षेत्रमध्ये सर्लाही ४ लाई भौतिक विकासमा मात्र नभइ शिक्षा, स्वास्थ्यका हिसाबले पनि उत्कृष्ट बनाउन लाग्ने छु । आगामी पाँच वर्षमा यहाँ गर्नुपर्ने विकासका कामबारे विज्ञहरूले दिने सुझाव र योजनामा मैले काम गर्छु, योजनाबद्ध रूपमा काम गर्छु’, सभापति थापाले भने ।

उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरेका छन्। ‘देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ’, सभापति थापाले भने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi