Skip to content

काठमाडौं चेकपोइन्टमा १२ लाख रुपैयाँ बराबरको चाँदी सहित युवा पक्राउ

nabil bank

काठमाडौं । जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गा स्थित चेकपोइन्टमा प्रहरीले ठूलो मात्रामा चाँदी नियन्त्रणमा लिएको छ।

प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गा, को संयुक्त टोलीले बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१–००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई रोकि जाँच गर्दा जिल्ला पर्सा, फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय आशु श्रावलाई पक्राउ गरिएको हो।

जाँच क्रममा आशुको साथमा रहेको कालो झोला भित्र सेतो प्लास्टिकले बेरी लुकाइएको अवस्थामा करिब १२ लाख १४ हजार ५ सय २० रुपैयाँ बराबरको तौल २ केजी ९०० ग्राम चाँदीका दाना फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका चाँदीका दाना त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंमा बुझाइएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi