Skip to content

आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएको आरोप लगाउँदै रास्वपा मधेसकी संस्थापक सभापति ममताले दिइन् राजीनामा

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मधेसका संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छिन् । “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा भए पनि व्यवहारमा ठीक विपरीत शैली भएको भन्दै उनले रास्वपाको साधारण सदस्यबाट समेत नरहने उनले विज्ञप्तिमार्फत राजीनामा दिएकी हुन् ।

उनले विज्ञप्तिमा भनेकी छिन्, ुराजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत भएको अनुभव गरेको छु ।’

उनले रास्वपामा दिनरात खटिएका क्षमतावान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छिन् । उनले मुख्यगरी रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू भएकोले आफू यी सबै क्रियाकलापहरूको साक्षी बसेर अब मौन रहिरहन नसकेको बताएकी छिन् ।

‘मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु’ उनले भनेकी छिन् ।

बाराकी ममता जसले रास्वपालाई मधेसमा एक एक गरी फूलको माला जस्तै जोडेकी थिइन् । मधेशमा एकढिक्का बनाएर आठ जिल्लामा चिनाएकी थिइन् । तर पार्टीका पार्टी प्रवक्ता मनिष झा र अमेश सिंहको मिलेमतोमा रविले पैसामा टिक अर्कैलाई टिकट बाँडेपछि उनी असन्तुष्ट भएकी थिइन् । साथै संस्थापक सभापति शर्माले टिकट नपाएपछि पार्टीभित्र आन्तरिक विवाद सतहमा देखिएको थियो ।

उनले पनि पार्टीका सभापति, प्रवक्ता र उच्च तप्कामा बसेका शीर्ष नेताहरूलाई पटक पटक टिकटमा किन अन्याय भयो भनेर प्रश्न गर्दा उनको प्रश्नलाई पार्टीले बेवास्ता गर्दै आएको थियो ।

यस्तो छ राजीनामा पत्र

मिति:- २०८२/११/६

केन्द्रीय कार्यालय
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं, नेपाल।

विषय: साधारण सदस्यबाट समेत नरहने गरि राजीनामा सम्बन्धमा।

श्रदेय,
म रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यको हैसियतले २०७९ श्रावण १० गतेदेखि आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्‍याउँदै आएकी छु।

“राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेको छु।

संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरुमाथि आंच आउने परिस्थिति बनेको छ; यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।

त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु।

यस अवधिसम्म पार्टीले दिएको अभिभावकत्व, सहकार्य र अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु।

धन्यवाद।

भवदीया,
ममता शर्मा
बारा, मधेस प्रदेश ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi