Skip to content

एमालेको घोषणापत्रः तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भ प्राथमिकतामा

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको र घोषणा सार्वजजिनक गरेको जानकारी दिए।

बिहीबार घोषणापत्र आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं।’

उनीले देशमा पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्वको भ्रमको बारेमा पनि आफ्नो धारणा राख्दै यो देश पुस्ताहरूबीचको द्वन्द्वले नबन्ने बताएका छन् । देश बनाउनको लागि युवाको ऊर्जा चाइने उनको दावी छ । ‘त्यो जोश, सपना र हिम्मत जसले जस्तोसुकै कठिन पहाड पनि चढ्न सक्छ। तर सँगसँगै, अनुभवी पुस्ताको दृष्टि पनि चाहिन्छ, त्यो बुद्धि, संयम र मार्गदर्शन जसले युवा लड्खडाउँदा भरोसा दिन्छ।’ उनी भन्छन् ।

‘हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने र साथ लिएर हिंड्ने हो। यसैले यो निर्वाचन पुस्तान्तरको होइन, देश बनाउने र भत्काउने बीचको जनमत संग्रह हो। यो राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष पनि हो।’ उनी भन्छन् ।

अध्यक्ष ओलीले भने, ‘जोड्नु, मिलाउनु, बनाउनु र सबैसँग सहकार्य गर्नु हाम्रो विशेषता हो। जिम्मेवारी पाएको बेला गरेका कामका परिणामहरूले नै यसलाई पुष्टि गर्छन्। एमाले बनाउने पार्टी हो, एमालेले बनाउँछ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T