Skip to content

आइसीएफसी फाइनान्सको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला

nabil bank

काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीले आज (फागुन ११ गते) देखि ७ वर्षे अवधिको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ सार्वजनिक निष्काशनमा ल्याएको हो।

कुल ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गरिनेछ । जसको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ। यसमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएको हिस्सामध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा फागुन १४ गते बन्द हुनेछ भने माग पर्याप्त नभएमा ढिलोमा फागुन २५ गतेसम्म खुला रहनेछ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयर एनपी ट्रिपल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीका अनुसार ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टा गरी लगानीकर्तालाई भुक्तानी गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi