Skip to content

रास्वपा दुःख समाधान गर्ने पार्टी बन्न चाहन्छ,तेह्रथुम पाँचथरमा उत्पादन भएको तरकारी ईटहरीमा ल्याउँछ: बालेन साह

nabil bank

काठमाडौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टी दुःखको समाधान गर्ने पार्टी बन्न खोजेको बताएका छन् ।

 

रास्वपाले आज इटहरीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताए । साहले इटहरीका जनतालाई तेह्रथुम पाँचथरमा उत्पादन भएको तरकारी खुवाने बताए ।

 

‘खाना खानुभयो ? बिहान खानामा तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो, तेह्रथुम पाँचथरमा उत्पादन भएको खान पाउनुभएको छैन तपाईंहरूले, हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू उब्जाहरू झापा, सुनसरी, मोरङ, विराटनगरमा खान पाइएको छैन’, उनले भने, ‘यो दुःखको कुरा हो, त्यो दुःखको समाधान गर्नुपर्छ, यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय पार्टी ।’

 

पूर्वी तराइका तीनवटा चारवटा जिल्लाको फूल पोटेन्सियलमा धान उत्पादन गर्ने हो, चामल उत्पादन गर्ने हो भने देशभरीलाई खान पुग्ने उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi