Skip to content

एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टलमा के–के जानकारी पाइन्छन् ?

काठमाडौं ।एनआईसी एसिया बैंक लिमिटेडले आफ्ना नामका बैंकिङ्ग सम्पत्तिहरु, गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी पोर्टलबाट गराइरहेको छ।

यसका लागि बैंकले अनलाईन पोर्टल नै सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरुबारेका सबै सूचनाहरू विस्तृत जानकारीसहित समेटेको जनाएको छ।

यसको लागि ग्राहकहरुले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं। तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकिने बैंकको भनाइ छ।

यसरी ग्राहकहरूले बैंकले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा खरिद गर्न इच्छुक ग्राहकहरूले अनलाईन पोर्टलको लिंक बाटै बिक्री हुने सम्पत्तिहरुको विस्तृत विवरणहरूसहितको जानकारी लिई लाभ लिन सक्ने बैंकको विश्वास छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima