Skip to content

प्रधानमन्त्रीका दावेदारसँग होली खेल्दै छलफल गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले प्रतिनिधि सभा निर्वाचनको अवसरमा प्रधानमन्त्रीका दावेदारहरूलाई होली खेल्दै खुला छलफल गर्न आग्रह गरेका छन्।

शर्माले माघ १८ गते काठमाडौंको खुल्ला मञ्चमा होली खेल्दै प्रधानमन्त्रीका उम्मेदवारहरूसँग संवाद गर्न आह्वान गरेका हुन्। पोखरामा शुक्रबार आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “होलीको दिन खुल्ला मञ्चमा होली खेल्दै प्रधानमन्त्रीका उम्मेदवारहरूसँग खुला बसाइ गरौँ। त्यो दिन होली खेल्न पनि सकिन्छ, छलफल पनि गर्न सकिन्छ।”

उनी देशका ७५ वर्षसम्म स्थिर सरकार नबनेको प्रश्नमा पनि छलफल गर्न चाहन्छन्। शर्मा भन्छन्, “किन देश बन्न सकेन आउनुहोस्, छलफल गरौँ। पहिलो दललाई सरकार बनाउन दिन तयार हुनुहुन्छ भने, बहुमत नपुगेको खण्डमा समानुपातीबाट सदस्य थप्ने व्यवस्था गरौँ। कांग्रेस दोस्रो दल भएमा हस्ताक्षर गरेर प्रतिपक्षमा बस्न तयार छ।”

शर्माले आगामी पाँच वर्षमा भ्रष्टाचार घट्यो कि घटेन, देशमा काम कसरी भयो भन्ने कुरामा पनि जनता ध्यान दिन आग्रह गरेका छन्। उनले थपे, “कांग्रेस कर्मचारी, श्रमिक, निर्माण व्यवसायीको पार्टी बन्न चाहन्छ। कांग्रेस कसैलाई बाँधेर देश बन्छ भन्ने पक्षमा छैन।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima