Skip to content

हामीसँग बादर लखेट्ने योजना छ, रुखमा झुण्डयार सडक बन्दैन, प्रणाली चाहिन्छः सभापति गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सडक पूर्वाधार निर्माण गर्नका लागि कसैलाई रुखमा झ्ण्डयाउनु भन्दा पनि ४१ वटा कानून संशोधन गर्नुपर्ने बताएका छन् ।

बुटवलमा आयोजित चुनावी सभाको सम्बोधन गर्दै उनले यस्तो बताए । ‘सडक पूर्वाधार समयमा नै निर्माण गर्नका लागि ४१ वटा कानून संशोधन आवश्यक छ’ उनले भने, ‘पूर्वाधारको विकास गर्नका लागि नीति, स्सिटम चाहिन्छ, आवेगले हुँदैन ।’

उनले देशमा पूर्वाधार विकास हुँदै गर्दा, गाँउ गाँउमा विकास पुग्दै गर्दा गाँउ घर भने रित्तिदै गएको प्रति चिन्ता व्यक्त गरे । ‘अहिल बाटो पुगेको छ । पहाड रित्तिदै गएको छ । घरहरु रित्तिएको छन् । पहाड रित्तिएर शहर विकास हुनुको कुनै अर्थ छैन’ उनले भने ‘गाँउ गाँउमा स्कुल बनेका छन् । विद्यार्थी छैनन्् । गाँउमा अहिले बाँदर मात्रै छन् ।’ उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कसैलाई पनि नझुण्याई पूर्वाधारको विकास गर्नेदेखि बाँदर लखेटनेसम्मको योजना ल्याएको बताए ।

उनले यसअघिका सरकारले गरेका कतिपय राम्रा कामलाई पनि उपलब्धिका रुपमा लिनुपर्ने उल्लेख गरे । नेपालले माओवादी, मधेशी, जनताजी, थारु सबै खालको आन्दोलन देखेको, भारत र चीनको बिचमा नेपाल रहेका कारण काम गर्नका लागि सामान्य चुनौती नभएको उल्लेख गरे । यी सबै चुनौतीलाई हेरेर सम्हालेर जानु पर्ने थापाको भनाइ छ ।

पछिल्लो समय प्राय सबै पार्टी सरकारमा गएको र नभएको कामको श्रय लिन कोही पनि तयार नरहेको उनको दाबी छ । रास्वपा थोरै सिट लिएर गएको भएपनि केही जिम्मा लिँदैन । गाली मात्रै गरेर बसेको छ ।

५,६ वर्ष गठबन्धनको राजनीतिले राम्रो काम हुन नसकेको उनको दाबी छ । उनले आफ्नो पार्टीले सरकार बनायो भने हरेक महिना महिनामा गर्ने कामको सूची तयार पर्ने र गरेका कामको बारेमा सबैलाई जानकारी गराउने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi