Skip to content

निर्वाचन अवधिमा मौसम पूर्वानुमानः हल्का वर्षा देखी हिमपात हुने सम्भावना

nabil bank

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी निर्वाचन (फागुन २०–२२) अवधिका लागि मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाले उपलब्ध मौसमी तथ्यांक र मौसम मोडेलको आधारमा गरेको विश्लेषण अनुसार अधिकांश प्रदेशमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको जानकारी दिएको छ ।

विभागका अनुसार कोशी प्रदेशको हिमाली भेगमा फागुन २० गते एक–दुई स्थानमा फाटफुट वर्षा र हिमपात, फागुन २१ गते आंशिक बादल, फागुन २२ गते एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने जानकारी दिएको छ ।

यसैगरी, यस प्रदेशको पहाडी भेगमा फागुन २० गते फाटफुट वर्षा, फागुन २१ गते आंशिक बादल, फागुन २२ गते एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराइमा मौसम सभा रहने विभागको अनुमान रहेको छ ।

मधेस प्रदेश तराइको सफा मौसम छ । बागमती प्रदेश हिमाली भेगमा फागुन २० गते फाटफुट वर्षा र हिमपात, फागुन २१ गते आंशिक बादल, फागुन २२ गते एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने विभागको अनुमान रहेको छ । पहाडमा फागुन २० गते फाटफुट वर्षा, फागुन २१ गते आंशिक बादल, फागुन २२ गते एक–दुई स्थानमा हल्का वर्षा सम्भावना रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi