काठमाडौं । दाङका दुई मतदान केन्द्रमा मतदान सुरु भएको तीन घण्टा बढी समय भैसक्दा पनि मतदान सुरु भएको छैन्। बबई गाउँपालिका–१ जिलास्थीत जनता आधारभुत विद्यालय र वडा नम्बर ७ तल्लो मलैखोला स्थीत देउती मावि मलईमा अहिलेसम्म मतदान हुन नसकेको हो ।
मतदानका लागि सम्पूर्ण तयारी पूरा गरेर मतदान केन्द्रमा कर्मचारीहरु तयारी अवस्था रहे पनि मतदानका लागि मतदाताहरु नआएको कारण मतदाल हुन सकेको छैन् । जनता आधारभुत विद्यालय जिलामा ६८२ जना मतदाता रहेका छन् ।
त्यसैगरि वडा नम्बर ७ तल्लो मलैखोला स्थीत देउती मावि मलैखोलामा पनि अहिलेसम्म मतदान हुन नसकेको छैन् ।बबई गाउँपालिका–१ र ७ अन्तरगत बाके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले बस्ती स्थान्तरणको माग राख्दै निर्वाचनमा मतदान नगर्ने अडान राख्दै आएका छन् ।












प्रतिक्रिया दिनुहोस्