Skip to content

मतगणना जारी रहँदै गर्दा मतदाता भेटघाटमा पूर्वमन्त्री गुरुङ

nabil bank

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहेका बेला पार्वत गुरुङ मतदाता भेटघाट तथा धन्यवाद अभियानमा जुटेका छन्। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) का दोलखा क्षेत्रका उम्मेदवार तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले शनिबार जिरी क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार गुरुङभन्दा जगदिश खरेल अगाडि रहेका छ। खरेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन।

गुरुङले निर्वाचनको अन्तिम परिणामलाई सम्मान गर्ने र सधैं दोलखाली जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै निर्वाचनका क्रममा खटिनुहुने पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूप्रति उनले आभार व्यक्त गरेको छ।

गुरुङले भने, ‘जनताले व्यक्त गर्नुभएको मत लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति हो। त्यसैले परिणाम जे आए पनि त्यो जनमतलाई हामी सम्मान गर्छौं। निर्वाचन सकिएपछि पनि म सधैं जनतासँगै रहनेछु।’

मतगणना जारी रहँदै गर्दा उम्मेदवार स्वयं जनतामाझ पुगेर धन्यवाद व्यक्त गर्नु र जनमतलाई सम्मान गर्दै सबैसँगै रहने प्रतिबद्धता जनाउनु सकारात्मक राजनीतिक अभ्यास भएको स्थानीयवासीले बताएका छन्।

स्थानीय बासिन्दाले निर्वाचनपछि मात्र नभई परिणाम आउनुअघि नै जनतामाझ पुगेर धन्यवाद व्यक्त गर्ने गुरुङको पहलले जनमतप्रतिको सम्मान र जनतासँग निरन्तर सम्बन्ध कायम राख्ने सन्देश दिएको भन्दै प्रशंसा गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi