Skip to content

नेपाललाई बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले भने- नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्न प्रतिबद्ध छौं

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिएका हुन् ।

उनले नेपाल नजिकको मित्र र छिमेकीका रूपमा भारत नेपालका जनता र नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै साझा शान्ति, प्रगति र समृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो प्रतिबद्धतामा अडिग रहने जनाएका छन् ।

‘म नेपालका जनता तथा नेपाल सरकारलाई सफल र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा हार्दिक बधाई व्यक्त गर्दछु । आफ्ना लोकतान्त्रिक अधिकारहरूलाई यति उत्साहपूर्वक प्रयोग गरिरहेका मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई देख्दा अत्यन्त हर्ष लागेको छ’ उनले फेसबुकमा लेखेका छन् ‘यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा गर्व गर्ने महत्वपूर्ण क्षण हो । नजिकको मित्र र छिमेकीका रूपमा भारत नेपालका जनता र नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै साझा शान्ति, प्रगति र समृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो प्रतिबद्धतामा अडिग रहनेछ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima