Skip to content

कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

nabil bank

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । आज घोषणा गरिएको अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवारले तीन वटै क्षेत्रमा फराकिलो अन्तरको जित निकालेका हुन् ।

कास्की क्षेत्र नं १ मा रास्वपाका खडकराज पौडेल ‘गनेस’ ३९ हजार ८८३ मत ल्याएर निर्वाचित भए। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत प्राप्त गरे । यस्तै, नेकपा ९एमाले० का वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ र नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले दुई हजार ४७९ मत प्राप्त गरे।

यसैगरी कास्की–२ मा रास्वपाका उत्तमप्रसाद पौडेलले ३१ हजार ९११ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका रश्मी आचार्यले सात हजार ४९३ मत प्राप्त गरे। यस्तै, नेपाली कांग्रेसका माधव बास्तोलाले छ हजार ५०० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए ।

कास्की–३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले ३७ हजार ७५० मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० र एमालेका दामोदर पौडेल सात हजार ९०६ मत प्राप्त गरे।

कास्कीमा कुल तीन लाख आठ हजार ५७२ मतदाता रहेकामा एक लाख ८८ हजार ७६ मत खसेको थियो । प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्की–१ मा ७० हजार १५०, कास्की–२ मा ५२ हजार ५१९ र कास्की–३ मा ६५ हजार ४०७ मत खसेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi