Skip to content

बझाङमा एमालेका उम्मेदवार महर विजयी, कांग्रेसका स्नेही पराजित

बझाङ । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी भए । कूल ५७ हजार ९९४ मत खसेका मा महरले १८ हजार ५४३ मत प्राप्त गरेको भने उनका निकटतम प्रतिद्वन्द्वी रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए ।

त्यस्तै नेकपा माओवादीका उम्मेदवार भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदार विश्वप्रकाश जेठाराले ४०५ र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार दलबहादुर बोहराले ४१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत बनेपालीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima