Skip to content

भक्तपुर–२ मा समानुपातिकतर्फमा रास्वपाको बर्चश्व, काँग्रेस र एमाले ८ हजारमा समेटिए 

फाइल फोटो
भक्तपुर । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ मा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४३ हजार ३२२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिइन् ।
नेपाली कांग्रेसले आठ हजार ७७८, नेपाल कम्युनिष्ट पार्टी एमालेले आठ हजार ३९०, नेमकिपाले तीन हजार ५२१, नेपाली कम्यनिष्ट पार्टी (नेकपां) ले एक हजार ९३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई हजार ८३२, श्रम संस्कृति पार्टीले एक हजार ७५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा आज बिहान ११ बजेदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको छ । दिउँसो १  रास्वपाले ११ हजार ७११ मत ल्याएर पहिलो बनेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम बिसीले जानकारी दिए ।
त्यस्तै नेपाली कांग्रेसले एक हजार ५६५, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एक हजार ६५, नेमकिपाले तीन हजार ६५४, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले ३२७, राप्रपाले ७३१, श्रम संस्कृति पार्टीले १९२ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ मा मतगणना जारी रहेको उनले जानकारी दिन ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima