Skip to content

आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन (तस्बिरहरु)

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझा ए।

कार्यक्रममा मन्त्रीहरू, मुख्यसचिव, आयोगका पदाधिकारीलगायतको पनि उपस्थिति थियो।

सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पदाधिकारीहरु सिंहदरबार पुगेका हुन् ।

आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima