Skip to content

दिगो वित्तीय अभ्यास प्रवर्द्धन गर्न महालक्ष्मी विकास बैंकले गर्याे कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले फागुन वार्षिक कार्यक्रम अन्तर्गत दुईदिने कार्यशाला आयोजना गरी पोखराको फेवाताल किनारमा सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बैंकको आर्थिक वर्ष २०८२–८३ को हालसम्मको वित्तीय अवस्था, हालैको सकारात्मक राजनीतिक तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट आउन सक्ने आर्थिक चुनौतीबारे समीक्षा गरिएको थियो। साथै दिगो वित्तीय अभ्यास र हरित बैंकिङ्गको आवश्यकता बारे सन्देश प्रवाह गर्न फेवाताल किनारमा पदयात्रा गरिएको हो।

‘सबल बैंक, सफल सहकार्य नारालाई आत्मसात गर्दै ३१ वर्षदेखि सेवा दिँदै आएको बैंकका देशभर १०३ शाखा र करिब ८.५ लाख ग्राहक रहेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima