Skip to content

सानिमा जिआईसीको ७ हजार ७३२ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्यारेन्स कम्पनीले ७ हजार ७३२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनी अस्विन कार्कीको नाममा रहेको उक्त सेयर बोलपत्र प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थागत लगानीकर्ताले चैत ११ गतेदेखि चैत १९ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको उक्त सेयरको मूल्य प्रतिसेयर न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ भने सोभन्दा बढी मूल्य उल्लेख गरी आवेदन दिनुपर्नेछ।

कम्पनीका अनुसार बोलपत्रका आधारमा उच्च मूल्य प्रस्ताव गर्ने आवेदकलाई प्राथमिकता दिइनेछ। बराबर मूल्य प्रस्ताव भएको अवस्थामा अनुपातिक आधारमा सेयर बाँडफाँड गरिने व्यवस्था गरिएको छ।

आवेदन सानिमा क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमार्फत गर्न सकिनेछ। आवेदन दिँदा आवश्यक कागजातसहित बैंक जम्मा, गुड फर पेमेन्ट चेक, स्विफ्ट ट्रान्सफर, आईपीएस वा आरटीजीएसमार्फत भुक्तानी गर्नुपर्नेछ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima