Skip to content

कामना सेवा विकास बैंकका ग्राहकले चितवन ग्रान्ड रिजेन्सी रिसोर्टमा २० प्रतिशत छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले भरतपुरस्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टमा २० प्रतिशत छुट पाउने भएका छन् ।

यसका लागि बैंकले रिसोर्टसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र रिसोर्टका प्रबन्ध निर्देशक जनार्दन रिजालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट पाउनेछन्। ग्राहकले बैंकसँग आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi