काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सँग फोन वार्ता गरेका छन् । उनले मंगलबार फोन वार्तामार्फत रास्वपालाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई पनि दिएका छन् ।
फोन संवादमा गोरले रास्वपाले प्राप्त गरेको जनसमर्थनलाई स्वागत गर्दै नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति अमेरिकी चासो र समर्थन रहेको बताएका छन् । उनले आगामी दिनमा नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्न अमेरिका उत्साहित रहेको बताएका छन् ।












प्रतिक्रिया दिनुहोस्