काठमाडौं । प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका हुन् ।
अब केसीले यही बिहीबार २७४ जना सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा जेष्ठ सदस्य हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिक तर्फ ११० जना निर्वाचित भएका छन् । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्नेछन् ।












प्रतिक्रिया दिनुहोस्