Skip to content

एकै वर्ष देशले पायो ३ जना प्रधानमन्त्री

काठमाडौं । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन जना प्रधानमन्त्री भएका छन् ।

गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि नयाँ प्रधानमन्त्री भए भने निर्वाचन गराउने मुख्य दायित्व लिएर प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आजदेखि बिदा भइन् ।

भ्रष्टाचार अन्त्य, सुशासन कायम र सामाजिक सञ्जालको नियमित सञ्चालनको माग राखेर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए ।

गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी प्रधानमन्त्री कार्कीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन भई निर्वाचनको मिति घोषणा भएको थियो ।

रास्वपा निर्वाचनबाट १८२ स्थानमा विजयी भएको थियो । संविधानको धारा ७६ (१) अनुसार गठन भएको वर्तमान सरकारसँग भ्रष्टाचारको अन्त्य, सुशासन कायम र प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा काम गरिनुपर्ने जनपेक्षा रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T